प्रधानमन्त्री ओलीलाई भेटेर जसपाका नेताले भने- ‘विश्वासको मत दिन सक्दैनौं’
- बैशाख २६, २०७८
- 0
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।
आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता नलिएको बिषयमा असन्तुष्टी पोख्दै दुबै नेताहरुले आफुहरुको माग पुरा नभएसम्म विश्वासको मत दिन नसक्ने जनाएको हो ।
जेलमा रहेका आफना नेता कार्यकर्ताको रिहाइको सम्बन्धमा प्रधानमन्त्रीलाई प्रश्न राख्नुभएका नेताहरुको जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा गर्नुपर्ने खालका जानकारी दिएको बुझिएको छ ।
यसअघि जसपाका नेताहरु ठाकुर र महतो काग्रस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







