सामूहिक राजीनामा दिनेबारेमा छलफल गर्न खनाल-नेपाल समूहको बैठक बस्दै
- बैशाख २६, २०७८
- 0
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि रणनीति बनाउन एमालेका बरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको बैठक बस्दै छ ।
आइतबार काठमाडौंमा खनाल-नेपाल समूहका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेर सांसदहरूले राजीनामा दिनेबारेको विषयमा छलफल हुनेछ ।
नेपाल समूहले जेठ २ गते २०७५ मा फर्कन अध्यक्ष ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।
अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरू तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







