काठमाडौं उपत्यकामा ३११३ सहित देशभर एकैदिन थपिए ८४१८ कोरोना संक्रमित, ५३ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३११३ सहित देशभर थप ८४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको छ ।

१७ हजार ३१५ जनाको पीसीआर परीक्षणमा ८२८७ र ९८९ एन्टिजेन परीक्षणमा १३१ जना गरी ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २२७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ जना गरी ३११३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३३७० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ९८ हजार ७६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३६३२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया