कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा चढे, तोडे आफ्नै कीर्तिमान
- बैशाख २५, २०७८
- 0
नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ ।
यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उहाँसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् ।
शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिनु भएको थियो ।
उहाँले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गर्नु भएको थियो । त्यसबाहेक उहाँले पाकिस्तानको केटु हिमाल, नेपालकै ल्होत्से, मनास्लु, चोयु हिमाल आरोहण गरिसक्नु भएको छ ।
उहाँले ८ हजार मिटरमाथिको हिमाल धेरै पटक आरोहण गर्नेमा समेत रेकर्ड बनाउनु भएको छ ।
पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय बढी आरोहीले अनुमति पाएका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







