संसद सचिवालयमा गरिएको परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना संक्रमण

news-details

संघीय संसद भवनमा स्वाव दिएका ६१३ जनामध्ये ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये १४ जना सांसद छन् भने बाँकी ५१ जना सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार रहेको संसद सचिवालयले स्रोतले जनाएको छ ।

आगामी सोमबार बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि संसद सचिवालयले सरोकारवालाहरुको स्वाव संकलन थियो ।

बैशाख २२ ,२३ र २४ गरी तीन दिनमा संकलन गरिएका १ हजार २ सय ३४ जनाको स्वाव परिक्षण गरिएकोमा ६ सय १३ जनाको रिपोर्ट आईसकेको छ ।

जसमध्ये १४ जना सांसदसहित सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि नै संक्रमित भएका ११ जना सांसदमध्ये केहि घरमै आइसोलेसनमा छन् भने केही अस्पतालमा उपचार गराईरहेका छन् ।

बिहीबार पनि सांसदसहित ५ सय २५ जनाले स्वाव दिएका थिए । जसमध्ये ६७ जना सांसद छन् ।

शुक्रबार पनि दश जना सांसदसहित एस सय जनाले स्वाव दिएका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसंगै २७ गते बस्ने प्रतिनिधिसभामा बैठकमा संक्रमित सांसदले कसरी मतदान गर्ने भन्ने विषयमा अन्योल सृजना भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया