अख्तियारका पूर्वप्रमुख दिप बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
- बैशाख २४, २०७८
- 0
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएकापूर्व सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
शुक्रबार बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पछि उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहदै आएका छन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







