राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गृहमन्त्री थापासहित देवकोटा र तामाङको उम्मेदवारी दर्ता
- बैशाख २४, २०७८
- 0
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा, देवकोटा र तामाङको उम्मेदवारी दर्ता भएको छ । थापाको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ ।
देवकोटाको प्रस्तावक माओवादी केन्द्रका वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहनुभएको छ ।
नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ र समर्थकमा सिर्जना सैंजु रहनुभएको छ ।
गृहमन्त्री थापाले दल त्याग गर्दै एमाले प्रवेश गरेपछि पद रिक्त भएको थियो । जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







