राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता
- बैशाख २४, २०७८
- 0
निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकेको छ ।
आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भोलि उम्मेदवारको विरोधमा उजुरी कार्यतालिका छ । यसैगरी, २६ र २७ गते उजुरी उपर जाँचबुझ गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने तथा २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
बाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







