काठमाडौं उपत्यकामा ३९७२ सहित देशभर एकैदिन थपिए ९०७० कोरोना संक्रमित, ५४ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३९७२ सहित देशभर थप ९०७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० जना पुगेको छ ।

२० हजार ३६७ जनाको पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३१६३, ललितपुरका ५६६ र भक्तपुरका २४२ जना गरी ३९७२ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २७०७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ९२ हजार ४९० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३५२९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया