चितवन माडीका कोरोना संक्रमितले झुण्डिएर आत्महत्या गरे

news-details

चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।

माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

एक साताअघि भारत बिहारमा सम्पन्न वैवाहिक कार्यक्रममा सहभागी भएर घर आएका उनलाई घरसँगैको गोठमा ‘आइसोलेटेट’ गरी राखिएको थियो ।

उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया