काठमाडौं उपत्यकामा ३८२५ सहित देशभर एकैदिन थपिए ८६५९ कोरोना संक्रमित, ५८ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यका ३८२५ सहित  देशभर थप ८६५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० जना पुगेको छ ।

२० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २८४९, ललितपुरका ५१८ र भक्तपुरका ४५८ जना गरी ३८२५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९९३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ८९ हजार ७८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३४७५ पुगेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया