अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन सेनाको निर्देशन
- बैशाख २२, २०७८
- 0
कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा बोलाउने भएको छ ।
महामारीका कारण स्वास्थ्य जनशक्तिको अभाव खड्किदै गएको बेला सेनाले ०७२ सालपछि अवकाश भएका सैनिक स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहने निर्देशन दिएको हो ।
यस्तो जनशक्ति ३२० जना भन्दा बढी रहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले महामारी नियन्त्रणका लागि सेनाको भूमिका बढ्ने पूर्वानुमानसहित विभिन्न योजना तर्जुमा गर्दै आवश्यक तयारी समेत थालेको छ ।
सोही योजना अन्तर्गत अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवाका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







