प्रधानमन्त्रीद्धारा देशवासीका नाममा सम्बाेधन :  स्थितिमा सुधार नभए जारी निषेधाज्ञा थप कडा !

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले केही अवधिका लागि निषेधाज्ञा जारी गरेको बताउँदै स्थितिमा सुधार नभए जारी निषेधाज्ञालाई थप कडाइ गरिने जानकारी दिएका छन । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुनसक्ने बताएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार दैनिक सात हजारभन्दा बढी नयाँ संक्रमित र मृत्युदर थपिइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको बताउदै प्रधानमन्त्री ओलीले कोभिड– १९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशबासीलाई आग्रह गरेका छन । उनले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्दै कोभिड संकटसँग जुध्ने अभियानमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग अपिलसमेत गरे ।

यस्तै प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताललाई कानून अनुसार कारबाही गर्ने चेतावनी दिदै सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड कोरोना संक्रमितका उपचारका लागि प्रयोग गर्ने र प्रदेशहरूलाई पनि सोही बमोजिम गर्न निर्देशन दिए । साथै होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने पनि उनले जानकारी दिए ।

प्रधानमन्त्रीले कोरोनाको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने जानकारी दिए । उनले कोरोनाको उपचार, व्यवस्थापन, एम्बुलेन्स चालक, शव व्यवस्थापमा खटिनेहरूलाई ५० प्रतिशत जोखिम भत्ता दिइने पनि उल्लेख गरे ।

उहाँले कोरोना नियन्त्रण, उपचार र रोकथामका लागि समन्वय गर्न सातै प्रदेशमा एक–एक मन्त्रीलाई फोकलपर्सनको रूपमा राखिएको बताए ।

गत वर्षको कोरोना महामारीमा संकट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाई छ ।

हालसम्म २१ लाखभन्दा बढीले कोरानाविरुद्दको खोप लगाइसकेको र दोस्रो डोजको खोप पनि ३ लाख ७० हजारले लगाइसकेको बताउदै प्रधानमन्त्री ओलीले दक्षिण एसियामै सरकारले पहिलो पटक खोपको पहल गर्न सफल भएको बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया