मन्त्रिपरिषद् बैठक आज पनि बस्दै
- बैशाख २०, २०७८
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णयका लागि बैठक बस्न लागेको स्रोतको भनाइ छ ।
यसअघि हिजो आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । हिजोको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने, जनगणना स्थगित गर्ने, संसदको विशेष अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफार्रिलगायत निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







