पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि
- बैशाख १९, २०७८
- 0
पर्यटनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फुयाँललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक संजालबाट दम्पतीलाई नै भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।
आइतबार गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् । अहिले निवासमै आराम गरिरहेको समेत उनले उल्लेख गरेका छन् ।
आफूहरुसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत उनले आग्रह गरेका छन् । यसअघि संघीय मन्त्रिपरिषद्का दुई सदस्य खानेपानीमन्त्री मणी थापा र ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







