लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन : पोखरेल नियुक्त
- बैशाख १९, २०७८
- 0
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार प्रदेश प्रमुख यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
उहाँले केहीबेरमा पद तथा गाेपनियताकाे सपथ लिनुहुने जनाइएकाे छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







