काठमाडौं उपत्यकामा २४९५ सहित देशभर एकैदिन थपिए ५७६३ कोरोना संक्रमित, १९ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४९५ सहित देशभर थप ५,७२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ जना पुगेको छ ।

१४ हजार ४०३ पीसीआर परीक्षणमा ५७०६ जना र ५६६ जनाको एन्टिजेन परीक्षणमा ५७ जना गरी ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उपत्यकाको काठमाडौँमा १९३२ जना, भक्तपुरमा २०८ जना र ललितपुरमा ३५५ जना गरी २४९५ कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२८७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ८२ हजार ३८२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको र थप १२ जनाको मृत्यु पुष्टिसहित १९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३२९८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया