निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल चलान
- बैशाख १७, २०७८
- 0
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि जेल चलान गरेको छ ।
बिहिबार रुपन्देहीमा नियम उल्लंघन गर्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देही एक महिनाका लागि कारागार चलान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ । ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जेल चलान नै गरेको प्रहरीले बताएको छ ।
८ जनाबाट प्रतिव्यक्ति नौँ हजार एक सय रुपैयाँ जरिवाना तिराइएको छ ।
जरिवाना तिर्न नसक्नेहरुमा रुपन्देही मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







