काठमाडौं उपत्यकामा १५६१ सहित देशभर एकैदिन थपिए ४९२८ कोरोना संक्रमित, ३५ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ सहित देशभर थप ४९२८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ ।

१२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उपत्यकाको काठमाडौँमा ११२७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८८८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ८० हजार १६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको र थप ९ जनाको मृत्यु पुष्टिसहित ३५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३२४६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया