गण्डकी प्रदेशमा मन्त्रीपरिषद बिस्तार, दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री
- बैशाख १६, २०७८
- 0
दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ मन्त्री बनेका छन् ।
उनलाई केहीबेरमा गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको शपथ गराउन लागिएको हो । मुख्यमन्त्री स्रोतका अनुसार उनलाई केहीबेरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै छन् ।
नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







