कोरोना संकटमा गुनासा सुन्न संयन्त्र बनाइयो
- बैशाख १६, २०७८
- 0
कोरोना संकटमा जनताका गुनासा सुन्न संयन्त्र निर्माण गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले सर्वसाधारण नागरिकका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी संयन्त्र निर्माण गरेको छ ।
उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको निर्देशनमा नागरिकका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्न संयन्त्र निर्माण गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । कुनै पनि समस्या भएमा सीसीएमसीको टोल फ्री नम्बर ११४० मा सम्पर्क गर्न आग्रह गरिएको छ । उक्त टोल फ्री नम्बरबाट २४ सै घण्टा सेवा प्रवाह हुनेछ ।
शव व्योस्थापनका लागि १०५, एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न तोकिएको छ । विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट जततउकस्ररअअmअ।नयख।लउर मा रहेको फारम भर्न आग्रह गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







