फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का रोक्न सेनालाई लेखा समितिको पत्र
- बैशाख १६, २०७८
- 0
संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । बुधबार सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
चैत १९ गतेपछि लेखा समितिले वैशाख ६ र ९ गते रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्याक्टको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रोक्न भनेको समितिका सचिव रोजनाथ पाण्डेद्वारा विज्ञप्तिमा उल्लखे छ ।
समितिको उक्त निर्देशनको वेवास्ता गर्दै वैशाख १२ गते टेण्ड आह्वान गरी टेण्डर प्रक्रिया अगाडि बढाइएको बुझिएकोले तत्काल खरिद प्रक्रिया रद्द गरी सो सम्बन्धमा भएगरेका सम्पूर्ण कागजात समितिमा यथाशिघ्र उपलब्ध गराई समितिको कामकारबाहीमा सहयोग पुर्याउन निर्देशननुसार पुनः ताकेता गरिएको विज्ञप्तिमा उल्लेख छ ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








