निषेधाज्ञाका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित
- बैशाख १६, २०७८
- 0
कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएको छ । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान स्थिगित गर्ने जनाएको हो ।
काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न का लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले बताएको छ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो । चीनले भेरोसेल खोप नेपाललाई आठ लाख डोज अनुदानमा दिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







