विदेश जानेको सरकारी वा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र कोरोना परीक्षण हुने
- बैशाख १५, २०७८
- 0
सरकारले विदेश जाने व्यक्तिको कोरोना परीक्षण सरकारी वा ‘ए’ वर्गका प्रयोशालाबाट मात्र हुने भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने व्यक्तिहरूको परीक्षण सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोशालाहरूबाट मात्र परीक्षण हुने जनाएको हो ।
त्यस्ता प्रयोगशालाबाट परीक्षण गरिएका रिपोर्टहरूमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







