काठमाडौं उपत्यकामा २०४७ सहित देशभर एकैदिन थपिए ४८९७ कोरोना संक्रमित, १७ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०४७ सहित देशभर थप ४८९७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ जना पुगेको छ ।

१३८७९ पीसीआर परीक्षणमा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १२३ जना गरी ४८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उपत्यकाको काठमाडौँमा १४६४ जना, भक्तपुरमा २३२ जना र ललितपुरमा ३५१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७९ हजार २७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको र थप ७ जनाको मृत्यु पुष्टिसहित १७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३२११ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया