कांग्रेस नेताहरुमा कोरोना देखिएपछि बैठक स्थगित

news-details

नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमणको पुष्टि भएपछि बैठक स्थगित भएको हो।

केन्द्रीय कार्यालयका तीन जना कर्मचारी र महामन्त्री पूर्णबहादुर खड्काका पीएलाई कोरोना संक्रमण देखिएको हो । केन्द्रीय सदस्य, कार्यालय कर्मचारी र सुरक्षाकर्मी गरि १ सय ५९ जनाको सोमबार स्वाब संकलन गरिएको थियो ।

बुधबार दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएपछि अर्को मिति भने तय गरिएको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया