काठमाडौं उपत्यकामा १९६६ सहित देशभर एकैदिन थपिए ४५२४ कोरोना संक्रमित, १८ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९६६ सहित देशभर थप ४५२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको छ ।

१४ हजार ६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उपत्यकाको काठमाडौँमा १६०२ जना, भक्तपुरमा १२४ जना र ललितपुरमा २४० जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७८ हजार ५०६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको र थप ६ जनाको मृत्यु पुष्टिसहित १८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३१९४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया