उर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि
- बैशाख १४, २०७८
- 0
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिए ।
रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको भुसालले बताए ।
मन्त्री रायमाझी परिवारका सदस्यसहित सचिवालयका केहि सदस्यलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







