कर्णालीमा फ्लोर क्रस गरेका एमालेका चार सांसद पदमुक्त
- बैशाख १३, २०७८
- 0
कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित भएका चार जना सांसदहरुको पद रिक्त भएको छ ।
प्रदेशसभाको जारी बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन ।
दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वालाको पद रिक्त भएको सभामुख शाहीले घोषणा गरेका हुन् ।
महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाउन फ्लोर क्रस गरी मतदान गरेका उनीहरूलाई एमालेले सांसदबाट निष्कासन गरेको थियो । ज्वालाबाहेक तीनजना मन्त्रीसमेत भइसकेका छन् ।
४० सदस्यीय प्रदेशसभामा अब ३५ सदस्यमात्रै बाँकी रहेका छन् । नेकपा माओवादीबाट निर्वाचित दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘क’बाट निर्वाचित सांसद धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







