काठमाडौ उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा, के खुल्छन्-के खुल्दैनन् ? (सूचनासहित)
- बैशाख १३, २०७८
- 0
काठमाडौ उपत्यकामा बैशाख १६ बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गर्ने निर्णय भएको छ ।
सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि संक्रमण रोक्न निषेधाज्ञा गर्ने निर्णय भएको उनले बताए ।
के खुल्छन्-के खुल्दैनन् ?
निषेधाज्ञा भए बैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ ।
एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन् । तर, अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ ।
खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ । होटेल तथा रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन् ।
सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु सीमित कर्मचारी राखेर स्वास्थ्य मापदण्ड पालना गराएर मात्र खोलिनेछन ।











