एमालेद्धारा कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई हटाएको पत्र प्रदेशसभामा दर्ता

news-details

नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश सभा संसदीय दलले चार जना सांसदलाई प्रदेश सभा सदस्य पदबाट हटाएको पत्र प्रदेशसभामा पेश गरेको छ ।

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको वैशाख १० गते बसेको बैठकको निर्णयको आधारमा आइतबार प्रदेश सभाका चार सदस्यहरु प्रकाश ज्वाला, अम्मर बहादुर बुढा, कुर्मराज शाही, नन्दसिंह बुढालाई पदमुक्त गरिएको एमाले प्रदेशसभा संसदीय दलद्धारा लिखित पत्रमा उल्लेख गरिएको छ ।

बैठकको निर्णय पश्चात् निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालयबाट निर्देशन समेत प्राप्त भएपछि यसखाले निर्णय गरिएको कर्णाली प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया