काठमाडौं उपत्यकामा ८७२ सहित देशभर एकैदिन थपिए २६१८ कोरोना संक्रमित, १४ जनाको मृत्यु पुष्टि
- बैशाख ११, २०७८
- 0
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७२ सहित देशभर थप २६१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
७५२५ पीसीआर परीक्षणबाट २४८६ र ११४३ एन्टिजेन परीक्षणबाट १३३ जना गरी जम्मा २६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जसमध्ये उपत्यकाको काठमाडौँमा ६४४ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा १४१ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना सङ्क्रमित निको भएका छन् भने १४ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ को मृत्यु र थप ६ को मृत्यु पुष्टि भएको हो । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







