बल्खुमा एमाले पार्टी कार्यालयको अत्याधुनिक भवन बन्दै, प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बल्खुस्थित मदननगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले बिहीबार ९ बजे बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

बल्खुमा नेकपा एमालेको नाममा करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा छ । सोही जग्गामा अत्याधुनिक भवन निर्माण हुन लागेको हो ।

२०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो । त्यसपछि एमाले कार्यालय भाडाका भवनमा चल्दै आएको छ ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले आज पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको जनाइएको छ । हाल मदन भण्डारीको सालिक रहेको स्थानमै सालिकलाइ भवनको अगाडि पार्नेगरी कार्यालय बन्नेछ ।

एमाले केन्द्रीय कार्यालयको उक्त अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख विष्णु रिमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार नयाँ बन्ने कार्यालयमा सभाहल, बैठक कक्षसहित, हरित पार्क र पर्याप्त पार्किङ सुविधासहितको हुने गरी डिजाइन गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया