नक्कली पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो
- बैशाख ८, २०७८
- 0
नक्कली पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई त्रिभुवन विमानस्थलबाट फर्काएको अध्यागमन विभागले जानकारी दिएको छ ।
यात्रुहरुसँग सिनामंगलस्थित सुरिया हेल्थ केयरले दिएको पीसीआर रिपोर्ट नक्कली भएको पाइएपछि उनीहलाई विमास्थलबाट फर्काएको छ । फर्काइएकाहरुमा जजिरा एयरका, एयर अरेबियाका र सलाम एयरका यात्रु छन् ।
सुरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सुरियामा छापा मारेको थियो। फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







