देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने, मध्यान्हपछि चट्टयाङ र हावाहुरीको संभावना

news-details

जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन्चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा मध्याह्न्नपछि मेघगर्जन्चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसाविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन्चट्टयाङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। मेघगर्जन्चट्टयाङ र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह गरेको छ ।

देशका धेरै स्थानमा आज तुवाँलो लाग्ने सम्भावना रहेको मौसमविद् सापकोटाको भनाइ छ । अहिले विहान दाङ, बुटवलसम्म आइपुगेको यो तुवाँलो ११-१२ बजेसम्म काठमाडौं आइपुग्ने सम्भावना देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया