कोरोना नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले निकाल्यो १३ बुँदे सूचना (सूचनासहित)
- बैशाख ७, २०७८
- 0
कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले निकालेको १३ बुँदे सूचनामा विभिन्न सुरक्षा मापदण्ड अपनाउन अपील गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रका आधारमा प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन आग्रह गरेको छ ।
सार्वजनिक सवारी साधनहरुमा पनि सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुवाहक सवारी साधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन भनिएको छ ।
प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसारको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
हेर्नुहोस सूचना
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







