बाँकेमा बैशाख ९ गतेबाट पुनः लकडाउन

news-details

कोरोना संक्रमणको दोस्रो लहर तीब्र रुपमा फैलिन थालेपछि बाँकेमा बैशाख ९ गतेदेखि पुनः लकडाउन गर्ने भएको छ । पछिल्लो समय दिनप्रति दिन तीब्र रुपमा कोरोना संक्रमित बढ्न थालेपछि डीसीसीएमसीले लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना कहरले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को मंगलवार बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथाम तथा न्यूनीकरणका लागि बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बिगत एक सातादेखि हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

कोरोना संक्रमित र मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।

एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् । गत सोमबार मात्र ३ सय २२ जना कोरोना संक्रमित फेला परेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया