पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

news-details

पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना परीक्षण गराउनुभएको थियो ।

उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको निर्मल निवास स्रोतले जनाएको छ ।

स्वदेश फर्कनु अघि शाह दम्पतीले भारतमा कोरोना परीक्षण गराउँदा भने त्यसको नतिजा नेगेटिभ आएको थियो ।

भारतको हरिद्वारमा गंगा स्नानमा सहभागी धेरैलाई कोरोना संक्रमण भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया