राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेता बादल पुनः गृहमन्त्रीमा नियुक्त, आजै शपथ ग्रहण हुने

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पुनः सोही मन्त्रालयको जिम्मेवारी दिएका छन । राष्ट्रपति विद्या भण्डारीले आज साँझ ५ बजे शितल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र) ले कारवाही गरेपछि उहाँ राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए । संविधानको व्यवस्थाअनुसार उनलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गरेपछि आज पुनः सोही पदमा शपथ खाँदै छन । माओवादी केन्द्रले संसद सचिवालयलाई पदबाट मुक्त गरेको लिखित पत्र दिएको थियो ।

यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार जना सदस्यलाई कारवाही गरेको थियो । नेताहरु नेकपा (एमाले) मा प्रवेश गरेपछि सो दलले कारवाही गरेको थियो । उनी यसअघि नै पद तथा गोपनीयताको शपथ खाइसकेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया