प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- बैशाख ४, २०७८
- 0
प्रधानमन्त्री केपी शर्मा ओली आह्वानमा आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक शनिबार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकमा बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए ।
सम्बन्धित शीर्षकहरु










