गण्डकी प्रदेश सरकारमाथि आजै अविश्वासको प्रस्ताव लैजाने तैयारी
- बैशाख २, २०७८
- 0
पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको गण्डकी प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव लैजाने तैयारी भैरहेको छ ।
माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको सहभागितामा बनेको सरकारलाई पछिल्लो समय राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि यो राजनितिक तयारी भएको हो ।
मुख्यमन्त्रीको दावी गर्न सक्ने माओवादी केन्द्रले नेपाली काँग्रेसको नेतृत्व मान्न तैयार भएपछि एमाले बाहेकका अन्य ४ दलहरुबीच यस्तो सहमती भएको माओबादी केन्द्रका नेता एवं पूर्व कानुन मन्त्री हरि बहादुर चुमानले जानकारी दिनुभयो ।
चुमानका अनुसार राष्ट्रिय जनमोर्चाका ३, माओवादीका ११, जसपाका २ र नेपाली काँग्रेसका १५ जनाको छलफल र सहमतिमा नेपाली काँग्रेसका संसदिय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्व हुने गरी आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







