पाण्डे उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार
- चैत्र ३०, २०७७
- 0
उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रेस सल्लाहकारमा गणेश पाण्डे नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषदको बैठकले प्रथम श्रेणीको सुविधासहित पाण्डेलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसी उपप्राध्यापक भएपछि पाण्डेलाई प्रेसको जिम्मा दिइएको हो ।
पाण्डे प्रेस चौतारी, नेपालका उपाध्यक्ष हुनुहुन्छ ।
दुई दशकदेखि छापा, विद्युतीय तथा अनलाइन पत्रकारितामा रहनुभएका पाण्डेको निर्देशनमा बनेका वृत्तचित्रले देशविदेशमा दर्जनौं अवार्ड जितेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







