नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै
- चैत्र ३०, २०७७
- 0
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आसन्न महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बोलाएको हो ।
बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने बताइएको छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय गरेपनि कार्यान्वयन भएको छैन ।
नेता रमेश लेखकका अनुसार आजको बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पनि सहभागी हुने बताइएको छ । यसअघि हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा एजेण्डा तय गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







