चितवनमा ट्याक्टर दुर्घटना हुदा  ५ जनाको मृत्यु

news-details

पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । आईतबार विहान मात्रै म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको चितवनमा साँझ ट्याक्टर खस्दा ५ जनाको मृत्यु भएको हो ।

साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्याक्टरमा करि २०र२५ जना सवार मध्य ५हुदा जना को मृत्यु भएको र अन्य घम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेहरुको सरकारी अस्पताल, पुरानो सि एम एस र सि एम सि मा उपचार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया