पत्रकार महासंघमा विपुल पोखरेल प्यानलको सानदार बिजय, कसले कति मत पाए ?
- चैत्र २८, २०७७
- 0
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार (आज) सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरेका छन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् ।
महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार प्रेस युनियन, प्रेस सेन्टर लगायत ११ संगठनको संयुक्त प्यानलले निर्वाचनमा बाजी मारेको छ ।
नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलको हार भएको छ । सो प्यानलका सदस्य तथा केही जिल्लामा जित सुनिश्चित गरे पनि समग्रतामा निर्वाचनमा पराजित बनेको छ ।
हेर्नुहोस पूर्ण मत परिणाम
















