प्रतिनिधिसभाको आजको बैठक सम्पन्न, अर्को बैठक चैत ३० गते बस्ने

news-details

प्रतिनिधिसभाको आज (विहिबार) बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक चैत ३० गते सोमबार दिउँसो १ बजे बस्ने गरी आजको बैठक सम्पन्न् भएको हो ।

संसद भवन नयाँ बानेश्वरमा बसेको आजको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेपनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले गरेको विरोध गरेपछि उक्त विषय कार्यसूचीबाट हटाइएको थियो ।

आजको बैठकले चैत २० गते निधन भएका पूर्वमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव पारित गर्नुका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले मधेसी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७६/७७ र थारु आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरेका थिए ।

यस्तै आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसदबाट हटाइएको सूचना पढेर सुनाएका थिए ।

बैठकमा विशेष र सुन्य समयमा सांसदहरुलाई बोल्न दिइएकोमा सरकारबाहिर रहेका दलका अधिकांश सांसदहरुले सरकारको कामप्रति असन्तुष्टि जाहेर गरेका थिए भने सत्तापक्षिय सांसदहरुले सरकारको कामको बचाउ गरेका थिए ।

बैठकको शुन्य समयमा काँग्रेस सांसद गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, एमाले सांसद खगराज अधिकारी, शान्ता चौधरी, महेश बस्नेत, लालबाबु पण्डित, लालकाजी गुरुङ, लालबहादुर थापा, विमला विश्वकर्मा, सत्यनारायण शर्मा खनाल, सत्या पहाडी, लीलादेवी सिटौला, प्रेम सुवाल, राजेन्द्रप्रसाद गौतम, मोहनप्रसाद पाण्डे, सांसद आशाकुमारी विक लगायतले आफ्ना धारणा राखेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया