चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजबाट लगाइने

news-details

चीनले अनुदानमा दिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘भेरोसेल’ खोप आज ९बुधबार०बाट लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उक्त खोप १८ देखि ५९ वर्षसम्मका व्यक्तिलाई लगाइने भएको हो। मन्त्रालयका अनुसार प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीलाई सो खोप लगाइने भएको छ।

यस्तै, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी तथा व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्नेलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ।

यसैगरी, औषधि, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाइने भएको छ। यसअघि खोप लगाउन छुट भएका अग्रपंतिमा खटिएका व्यत्तिलगायतलाई खोप लगाइने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमका अनुसार करिव चार लाख व्यक्तिलाई खोप लगाउने बताए। करिव सात दिन यो खोप लगाउने योजना भए पनि कति दिनसम्म लगाउने भन्ने दिन नतोकिएको डा। गौतमले जानकारी दिए।

चीन सरकारले आठ लाख डोज ‘सार्स–कोभ–२ भ्याक्सिन ९भेरो सेल०, इनएक्टिभेटेड’ उपलब्ध गराएको थियो। यो खोप सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेकोे हो।

उपत्यका बाहिरका केही खोप केन्द्रबाट समेत खोप लगाउने भए पनि अधिकांश उपत्यकाकै अस्पतालमा खोप केन्द्र तोकिएका छन्। परिवार कल्याण महाशाखाका अनुसार २४ अस्पतालबाट खोप लगाइने छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया