जेठ-असारमा कोरोना संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
- चैत्र २३, २०७७
- 0
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ-असारमा कोरोनाको दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ–असारसम्ममा अर्को उच्च बिन्दुमा पुग्नसक्ने बताउनुभएको हो ।
पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा झरेको बताउनुभयो ।
मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारतमा संक्रमित बढ्दै गएकाले आवागमनलाई व्यवस्थित गरेर क्वारेन्टिन र आइसोलेसनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







