काठमाडौ उपत्यकामा ९९ सहित देशभर थप १७६ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९९ सहित देशभर थप १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७७ हजार ९४४ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा उपत्यकाको काठमाडौमा ८७, ललितपुर ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै हालसम्म निको हुने संक्रमितको संख्या दुई लाख ७३ हजार २४० जना पुगेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया