आज नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, अभियान घोषणा गर्ने

news-details

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक आज (शनिबार) बस्दै छ ।

काठमाडौंको कलंकीमा दिउँसो ३ बजे बस्ने बैठकमा केन्द्रदेखि स्थानीय तहसम्मै समानान्तर कमिटी बनाएर प्रशिक्षण‚ भेला‚ सम्मेलन लगायतका अभियान घोषणा गर्ने छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसहित चार जना नेतालाई कारबाही गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल नेपाल समूहका नेताहरुलाई कारबाही गर्ने‚ पार्टी सदस्यबाटै निलम्बन गर्ने‚ जिम्मेवारी खोस्नेलगायतका गतिविधि गरेको भन्दै उक्त समूहले अभियान सुरु गर्न लागेको बताइएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया